रात्रीकालिन व्यवसाय सञ्चालनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाण्डौ,१८ मंसिर ।
व्यवसाय सुचारु गर्न पाउनुपर्ने माग गर्दै रात्रीकालिन व्यवसायीहरुले राजधानी काठमाण्डौमा विरोध प्रदर्शन गरेका छन् ।

कोभिड संक्रमणको जोखिमका कारण आठ महिनादेखि व्यवसाय बन्द हुँदा आर्थिक रुपमा समस्या परेको भन्दै रात्रीकालिन व्यवसाय गर्दै आएका व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न दिनुपर्ने मागसहित बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

यसअघि बुधबार उनीहरुले ठमेलमा पनि प्रदर्शन गरेका थिए ।

रात्रीकालिन व्यवसायीहरुले रातीमा मात्रै कोरोना सर्छ ?,८ महिना सुत्यौ अब कति सुत्ने ? भन्ने लगायतका विभिन्न नारा लेखिएका व्यानर र प्लेकार्ड सहित उनिहरुले प्रदर्शन गरेका थिए ।

You might also like