अबैध रुपमा पूर्व तर्फ लैजादै गरेका १२१ गोरु सहित ५ ट्रक चालक बुटवलबाट पक्राउ

बुटवल,२० मंसिर ।
बुटवलको अस्पताल लाइनबाट प्रहरीले ५ ट्रक गोरु सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला बारा निजगढ नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३६ का गणेश पौड्ल,जिल्ला बारा जितपुर सिमरा नगरपालिका वडा नं.१६ बस्ने बर्ष ३८ को तिलक बहादुर जिम्बा,जिल्ला बारा निजगढ न.पा. ९ बस्ने बर्ष ५२ को शम्भु भट्टराई,जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१४ बस्ने बर्ष ३० को लक्ष्मण दनै र जिल्ला बारा निजगढ न.पा. वडा नं. ९ बस्ने बर्ष ३२ नवराज कार्की रहेका छन् ।

उनिहरु तस्करीको गोरु ओसार पसारमा संलग्न ट्रक चालकहरु हुन् ।

शनिबार बिहान २ बजे पुर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगर पालिका वडा नं.६ अस्पताल लाइनबाट ५ वटा ट्रक र सो ट्रकमा पश्चिम बाट पुर्व तर्फ लैजादै गरेका १२१ गोरु सहित उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पश्चिमबाट पुर्व तर्फ गोरु ओसार पसार हुदै छ भन्ने सुचनाको आधारमा ट्रकहरुलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले ना ५ ख ५६५५, ना ८ ख ७३०२, बागमती प्रदेश ०३–००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नं.को ट्रकमा रहेका १२१ वटा गोरु बराबद गरेको छ ।

गोरु लोड गरी लैजादै गरेका ट्रक चालकहरुसँग रहेका कागजातहरु समेत संकास्पद देखिएकोले नियन्त्रणमा लिइएका ट्रक, र ट्रकमा रहेका १२१ वटा गोरु समेत बराबद गरी उक्त ट्रक चालक समेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवम कारबाहीको लागी पशु क्वारेन्टाईन भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

You might also like