थप १ हजार २४ जनामा कोरोना संक्रमण,२ हजार २०६ जना डिस्चार्ज

काठमाण्डौ,२० मंसिर ।
नेपालमा शनिबार थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ७४ नमुना परीक्षण गर्दा ४ सय २ महिला र ६ सय २२ पुरुष गरी १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २ सय ६ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । यससँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन् भने ५ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ ।

You might also like