आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ,२१ मंसिर ।
काठमाण्डौ उपत्यकासहित आज देशका धेरै ठाउँको मौसम बद्ली भएको छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

आज उपत्यकासहित मध्य र पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनु भयो ।
यस्तै आज हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण अबको तीन दिन नै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । अहिले देशका धेरै ठाउँमा हुस्सु लागेको छ ।

You might also like