नेपालमा थप १०९६ जनामा कोरोना संक्रमण, १७५२ डिस्चार्ज
काठमाण्डौ,२१ मंसिर ।
नेपालमा आइतबार थप १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार ४ सय ९५ पिसिआर परीक्षण गर्दा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म २ लाख २५ हजार ८ सय ५ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा जनाइएको छ ।
हाल देशभर १३ हजार ५ सय ८२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।