दार्चुलामा भएको ट्रक दुर्घटनामा तीनजनाको मृत्यु
दार्चुला,२२ मंसिर ।
दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा भएको ट्रक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वाली बस्ने ट्रक चालक २४ वर्षीय शेरसिंह कार्की रहेका छन् । मृतक दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक आइतबार राति १० बजे दुर्घटना भएको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।