बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
बुटवल,२२ मंसिर ।
बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–५ का ७२ वर्षीय पुरुष र कञ्चनपुरको शुक्लाफाँटा–४ का ७३ वर्षीय पुरुष रहेका छन् ।
बर्दियाका ७२ वर्षीय पुरुषको आइतबार राति १ः११ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।
मंसिर १३ गते सेती अस्पतालमा कोरोना परीक्षण गराएको उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
कञ्चनपुरका ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सोमबार बिहान १ः४५ बजे मृत्यु भएको हो ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा थप समस्या देखिए पछि मंसिर १५ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।