नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण, १६२८ जना डिस्चार्ज

बुटवल,२२ मंसिर ।
नेपालमा सोमबार थप १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० नमुना परीक्षण गर्दा १ हजार १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म २ लाख २७ हजार ४ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

सोमबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् ।

हाल देशभरे १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमितरहेका छन् ।

You might also like