प्रधानमन्त्री ओलीद्धारा मंगलबार सर्वदलीय बैठक आह्वान

काठमाडौँ,२२ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउनु भएको छ ।
मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो ।

मुलुकको समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको थापाको भनाई छ ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक हुने तय भएको छ,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराउनु भएको छ ।

यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले गत जेठमा सर्वदलीय बैठक बोलाउनु भएको थियो ।

You might also like