सुन्तला बेच्न गएका युवक सुपादेउरालीको भिरमा मृत फेला

अर्घाखाँची,२३ मंसिर ।
अर्घाखाँचीको पाणिनीका एक युवक सुपादेउरालीको भिरमा मृत आवस्थामा फेला परेका छन् ।

घरबाट सुन्तला बेच्न गएका ती युवक अर्घाखाँचीको पाणिनि गाउँपालिका ७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीको भिरमा मृत आवस्थामा फेला परेका हुन् ।

पाणिनि गाउँपालिका ७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । आइतबार सुन्तला बेच्न भनी सुपादेउराली गएका उनी सोमबार दिउँसो मृत अवस्थामा फेला परेका थिए ।

घरबाट सुन्तला बेच्न हिडेका युवक साँझसम्म पनि घर नआएपछि आफन्तले खोजी गरिरहेका थिए । घटनाबारे आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like