नेपालका ९४ प्रतिशत कोरोना संक्रमित निको भए

काठमाडौं,२३ मंसिर ।
नेपालका ९४ प्रतिशत कोरोना भाइरस ( कोभिड १९) संक्रमित निको भएर घर फर्कीएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा संक्रमण पुष्टि भएका कुल संक्रमितमध्ये ९४ प्रतिशत निको भएका छन् ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या घट्दै गएको छ भने संक्रमित निको हुनेको प्रतिशत बढ्दै गएको छ ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । कूल संक्रमित मध्ये २ लाख २७ हजार ४ सय ३३ जना संक्रमित निको भएर घर फर्कीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या भने १२ हजार ९ सय ४८ छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १६ सय २८ जना कोरोना संक्रमणबाट निको भएर पूर्ण स्वास्थ्य बनेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६ हजार २ सय २० पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १७ लाख ९० हजार ७ सय ३९ पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

You might also like