सर्वदलीय बैठकमा विपक्षीदलको एकमत ः सरकारको गलत कामले असन्तुष्टी बढ्यो

काठमाडौं,२३ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा विपक्षी दलहरूले सरकारप्रति तिब्र असन्तुष्टि जनाएका छन् ।

मंगलबार बिहान ११ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा विपक्षीदलहरूले सरकारकै गलत कामका कारण जनतामा वितृष्णा पैदा भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

समसामायिक विषयमा छलफल गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख र प्रतिनिधिहरु सहभागी बैठकमा उनीहरूले सरकारको गलत कामको परिणाम सडकमा पोखिन थालेको बताए ।

संविधानको मर्म र भावना अनुसार सरकार सच्चिएर चल्ने हो भने सबै ठीक हुने कांग्रेस नेताहरुको भनाई थियो ।

काँग्रेस सभापति शेरबहादुर देउवा बैठक चलिरहेकै बेला आफु बोलेर बैठकबाट बाहिरिनु भएको थियो । कांग्रेस नेता प्रकाशशरण महतले सरकारप्रतिको असन्तुष्टि सडकमार्फत प्रकट भएको बताउनु भयो । ‘सरकारको काम कारबाहीप्रति जनता असन्तुष्ट छन्’, नेता महतले भन्नु भयो, ‘त्यसैको परिणामस्वरुप अहिलेको सडक आन्दोलन भएको हो ।’

बैठकमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले संविधान विरोधी गतिविधि विरुद्ध एक हुन आव्हान गर्नु भयो । त्यस्तै, पछिल्लो समय हिंसात्मक गतिविधि बढेको भन्दै प्रधानमन्त्री ओलीले हिंसाविरुद्ध पनि एक हुन आव्हान गर्नु भएको थियो ।

You might also like