थप १३८२ जनामा कोरोना संक्रमण, १६२१ जना डिस्चार्ज

बुटवल,२३ मंसिर ।
नेपालमा मंगलबार थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् । नेपालमा हालसम्म २ लाख २९ हजार ५४ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।
हाल देशभर १२ हजार ६ सय ८६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

You might also like