लुम्बिनी प्रदेशमा थप ८० जनामा कोरोना संक्रमण,२० जना डिस्चार्ज

बुटवल,२३ मंसिर ।
लुम्बिनी प्रदेशमा मंगलबार थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ६२ पुरुष र २८ महिला सहित ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ४ सय ८१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेश अन्तरगत रुपन्देहीका २१ जना,बाँके जिल्लाका २० जना,बर्दीया जिल्लाका १४ जना,दाङका ९ जना,गुल्मीका ८ जना,पाल्पाका ४ जना,अर्घाखाँचीका ३ जना र नवलपरासी पश्चिमका १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा प्रदेशका २० जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

प्रदेशमा ८९ प्रतिसत कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

हालसम्म २१ हजार ८ सय ३७ जना कोरोना संक्रमित निको भएका छन् भने ३ सय १० जनाको मृत्यु भएको छ ।

हाल प्रदेशभर २ हजार २ सय ५१ जना कोरोना संक्रमित उपचाररत रहेको र त्यसमध्ये १ सय ९६ जना लक्षण सहितका संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उपचाररत संक्रमित मध्ये ५६ जना आइसियु र २ जना भेन्टिलेटरमा राखेर उपचार भैरहेको सामाजिक विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

You might also like