रुपन्देही प्रहरीद्धारा चोरी पैठारी गर्दै गरेको अवस्थामा २ ट्रक गोरु सहित ७ जना पक्राउ

बुटवल,२३ मंसिर ।
प्रहरीले रुपन्देही जिल्लाका दुई स्थानवाट चोरी पैठारी गर्दै गरेको अवस्थामा दुई ट्रक गोरु सहित ७ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको देवदह नगरपालिका ११ शंकरपुरमा प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा ना.६ख.३८६१ नं.को ट्रकमा अबैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर जिल्ला हाडीखोला गा.पा. वडा न. ७ बस्ने वर्ष ४२ को अम्बर बहादुर घिमिरे (चालक ) र जिल्ला रूपन्देही रोहिनी गा.पा. वडा नम्बर ६ बस्ने वर्ष १९ को सदिप खान सहचालक लाई नियन्त्रणमा लिएको हो ।

त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ५ लोखडिया पश्चिम स्थित पश्चिम तर्फ बाट पुर्व तर्फ अबैध रुपमा लैजादै गरेको लु १ख ९८९५ नम्बरको ट्रकमा २८ गोटा गोरु इलाका प्रहरी कार्यालय लुम्बिनी बाट खटिएको प्रहरील नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सत्य बहादुर थापाले बताउनु भयो ।

प्रहरीले सुर्खेत जिल्ला बिरेन्द्र नगर नगरपालिका वडा नम्बर २ कोलाघाट बस्ने ट्रक चालक बर्ष ३२ को गणेश बहादुर सह चालक बर्ष १७ को बिरेन्द्र सुनार ,नवलपरासी सुनवल नगरपालिका वडा नम्बर १ डाडाटोल बस्ने बर्ष १७ को भिम बहादुर बिक , कपिलबस्तु सुद्दोधन गा.पा वडा नं. २ बस्ने बर्ष ५० को ईवारत मुसलवान र बर्ष ३० को मिठ्ु मुसलवान मुसलवानलाई नियन्त्रणमा लिएकोछ ।

नियन्त्रणमा लिएका मानिस गाडी र गोरुलाई आवश्यक अनुसन्धान र कारवाहीको लागी पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया भैरहवा रुपन्देही पठाएको प्रहरीले जनाएको छ ।

You might also like