६ वर्षीया बालिका हत्याको अभियोगमा १९ वर्षीया युवती पक्राउ

रसुवा,२४ मंसिर ।
६ वर्षकी बालिकाको हत्या गरेको अभियोगमा नुवाकोटमा एक १९ वर्षकी युवती पक्राउ परेकी छिन्

पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षीय सपना तामाङ रहेकी छिन् ।

रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङ कि बालिका सुमिना तामाङको अपहरण गरेर हत्या गरेको आरोपमा तामाङमाथि उनि पक्राउ परेकी हुन् ।

आइतबारदेखि हराइरहेकी बालिकाको मंगलबार दिउँसो शव भेटिएको थियो । आइतबार बिहान विद्यालय गएकी बालिका बेलुकीसम्म घर नफर्किएपछि परिवारले खोजी गरेको थिए ।

परिचय खुल्न नसकेका एकजना महिलाले बालिकालाई लगेको हल्ला फैलिएपछि बालिकाको परिवारले अस्थायी प्रहरीचौकी ग्राङमा उजुरी दिएका थिए ।

तामाङले बालिकालाई अपहरण गरेर हत्या गरेको हुन सक्ने तर अनुसन्धानपछि मात्रै भन्न सकिने प्रहरी नायब उपरीक्षक इन्द्र सुवेदीले बताउनुभएको छ ।

You might also like