रुपन्देहीमा थप एक कोरोना संक्रमित बृद्धको मृत्यु
बुटवल,२४ मंसिर ।
रुपन्देहीमा थप एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको सैनामैनाका ७३ वर्षीय पुरूष रहेका छन् ।
उनको रुपन्देहीको भैरहवा स्थित भीम अस्पतालमा उपचारका क्रममा यगराति ११ बजे मृत्यु भएको हो ।
मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताउनु भयो ।
उनी उच्च रक्तचाप, मधुमेहका दीर्घरोगी समेत रहेको अस्पतालले जनाएको छ ।
यससँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या १ सय ३१ पुगेको छ ।