गलत निर्णय सच्याएकोमा भूपू सैनिक तथा प्रहरी कल्याणकारी महासंघद्धारा सरकारलाई धन्यवाद, आगामि दिनमा त्यस्ता निर्णय नगर्न चेतावनी
बुटवल, २४ मंसिर ।
सामाजिक सूरक्षा भत्ताबाट आफुहरुलाई बञ्चित गर्ने निर्णय सच्याएको भन्दै संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले सरकारलाई धन्यवाद दिएको छ ।
भूतपूर्व सैनिकका परिवारलाई सामाजिक सूरक्षा भत्ता नदिने सरकारको निर्णयका बिरुद्ध आफुहरुले गरेको आन्दोलनका कारण सरकारले ढिलै भए पनि गलत निर्णय सच्याएकोमा धन्यवाद दिदै महासंघले आगामि दिनमा भूतपूर्व सैनिकको आत्मसम्मानमा चोट पुग्ने निर्णय नगर्न सरकारलाई चेतावनी समेत दिएको छ ।
महासंघले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी निर्णय सच्याएकोमा सरकारलाई धन्यवाद दिदै भूतपूर्व सैनिकसँग सम्बन्धित निर्णय गर्दा महासंघसँग सल्लाहमा गर्न आग्रह गरेको हो ।
सामाजिक सुरक्षा भत्ताबाट बञ्चित गराएर सरकारले आफुहरुलाई केहि समय अनागरिकलाइ जस्तो ब्यबहार गरेको भन्दै उनीहरुले नेपाललाई बिश्वसामु चिनाउने सगरमाथा,गौतबबुद्ध र बीर गोर्खालीको इतिहासको अबमुल्यन गर्न नहुनेमा जोड दिए ।
सरकारद्धारा हतार, अपरिपक्क र सुनियोजित तरिकाले भारतीय र बृटिस सेनाबाट अवकाशप्राप्त भु.पु सैनिकलाई लक्षित गरी २०७७ आषाढ १७ गते मन्त्रीमण्डलको निर्णयले सामाजिक सुरक्षा भक्ताबाट बञ्चित गराई अनागरिक र विदेशी सैनिकसरह गणना गर्ने कुचेष्टा गरेको सह अध्यक्ष क्याप्टेन किसन बहादुर थापाले बताउनुभयो ।
कार्यक्रममा महासचिब सुबेदार कुल बहादुर केसीले बीर गोर्खा भन्ने शब्द भोलीका दिनमा के हुने हो भन्ने चिन्ताले सताई रहेको हुदा महासंघ लगातार हक अधिकार र पहिचानको लागि संघर्षमा रहेको बताउनुभयो ।
नेपालमा बसोबास गर्ने भारतीय, बृटिस र नेपाली सेना, पुलिस र अन्य सुरक्षा निकायवाट अवकास प्राप्त भु.पु. सैनिकले कमाएको ईमान्दारी र बहादुरीको कारण नेपालको शिक्षा तथा बहादुर चम्किएको उनीहरुको दाबि छ ।
महासंघको संघर्षलाई सकारात्मक लिएर सरकारले पुरानो निर्णयलाई सच्चाउदै २०७७ मंसिर २१ गते राष्ट्रपतिबाट नयाँ अध्यादेश जारी भएकोमा उनीहरुले सरकारलाई धन्यवाद दिएका छन् ।
अब उपरान्त भूपूूूहरुको ईतिहास पहिचान र मनमा आँच आउने खालका कुनै पनि कानुन बनाउनु पूर्व सल्लाह लिनका लागि महासंघले आग्रह गरेको छ ।
कार्यक्रममा प्रदेश इन्चार्ज कोषबहादुर गुरुङ,दलबहादुर छन्त्याल लगायतले बोलेका थिए ।