थप १ हजार ५६ जनामा कोरोना संक्रमण, १ हजार ४८३ जना डिस्चार्ज

बुटवल,२४ मंसिर ।
नेपालमा बुधबार थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ६२८६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ८३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ३० हजार ५ सय ३७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १२ हजार २ सय ४५ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमा भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३९, चितवनमा ३६, नुवाकोटमा २८, झापामा २६, मोरङमा २३, डडेल्धुरामा २२, बाँकेमा २०, इलाम र बर्दियामा १५÷१५, सुनसरी र रसुवामा १३÷१३, लमजुङमा १०, सोलुखुम्बु, मकवानपुर र नवलपरासी पूर्वमा ८÷८, स्याङ्जा, दाङ र नवलपरासीमा ७÷७ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनुषा, तनहुँ, कपिलवस्तु, कैलाली र बाजुरामा ६÷६, धादिङ, बागलुङ, पाल्पा र बैतडीमा ५÷५, उदयपुर, संखुवासभा, पर्सा, बारा, सप्तरी र प्युठानमा ४÷४, काभ्रे, गोरखा, पर्वत, अर्घाखाँची, गुल्मी, जुम्ला, सुर्खेत र दार्चुलामा ३÷३, महोत्तरी, रौतहट, सिराहा, सर्लाही र सिन्धुपाल्चोकमा २÷२ र ताप्लेजुङ, भोजपुर, दोलखा, रामेछाप, म्याग्दी दैलेख, कञ्चनपुर र बझाङमा १÷१ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

You might also like