देशका अधिकांश स्थानको मौसम बदली हुने

काठमाडौं,२५ मंसिर ।
देशका अधिकांश स्थानको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण बिहीबार देशका अधिकांश स्थानको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनु भयो ।

मौसमविद् पौडेलका अनुसार आज प्रदेश नम्बर १ का पहाडी एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको छ ।

बिहीबार बिहान देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसमविद पौडेलले बताउनु भयो । बिहान तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १० डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ ।

You might also like