थप १२१७ जनामा कोरोना संक्रमण,१०६४ जना डिस्चार्ज
काठमाडौं,२५ मंसिर ।
नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ७४ पुरुष र ४ सय ४३ महिला गरी १ हजार २ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म २ लाख ३१ हजार ६ सय १ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमित मृतकको सख्ंया १ हजार ६ सय ६३ पुगेको छ । हाल देशभर १२ हजार ३ सय ८६ सक्रिय संक्रमित रहेका छन् ।
देशभर ५ सय १५ जना क्वारेन्टाइनमा रहेका छन् ।