एक लाख १८ हजार मुल्य बराबरका कुखुरा बरामद

बुटवल,२६ मंसिर ।
प्रहरीले रूपन्देहीको रोहिणी गाँउपालिका वडा नं.५ बिष्णुपुराबाट भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउदै गरेका एक लाख १८ हजार मुल्य बराबरका ब्रोइलर कुखुरा बरामद गरेको छ ।

बिहीबार राती ९ बजे नियमित चेकजाँचका क्रममा भारतबाट नेपाल तर्फ अवैध रूपमा भन्सार छलि, चोरी, पैठारी ,निकासी गरी नेपाल तर्फ ल्याउदै गरेका एक लाख १८ हजार आठ सय रुपयाँ बराबरका १ सय ३२ गोटा ब्रोइलर कुखुराहरू बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

बरामद गरिएका कुखुराहरु आवश्यक कारबाहिको लागी पशु क्वारेन्टाईन चेक पोष्ट वेलहिया भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले जानकारी दिनु भयो ।

You might also like