गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाद्धारा न्युयोर्कको कुइन्समा ३२ औ पटक निशुल्क खाद्यान्न वितरण
सुनिता शर्मा कोईराला
न्युयोर्क,२६ मंसिर ।
न्युयोर्कको कुइन्समा अबस्थित गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बिहीवार ( डिसेम्बर १० का दिन ) निशुल्क खाद्यान्न वितरण गरेको छ ।
३२ औं पटकको निशुल्क खाद्यान्न वितरण कार्यक्रम न्यु–योर्क राज्यको गभर्नर कार्यालयकी विशेष सहायक सुश्री लिण्डा लाभायोलेटले न्युयोर्क राज्यकै कृषि र बजार विभाग सँगको समन्वयमा गरिएको फाउण्डेशनले जनाएको छ ।
सो अवसरमा २ सय ५० पिस निशुल्क डिब्बाबंद खाना, १०० बक्स पनिर मसाला र ३० बक्स चना मसला फाउण्डेशनकै कार्यालयबाट वितरण गरिएको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे जानकारी दिनु भयो ।
कार्यक्रममा न्युयोर्कको क्वीन्समा रहेका समाजसेविहरु नेजससअका उपाध्यक्ष अनन्त राज सुवेदी, गोर्खा समाज अमेरिकाका अध्यक्ष अन्जन श्रेष्ठ, नेपाली अमेरिकन कलाकार संघका महासचिव एवं वरिष्ठ लोक गायक बिमल डाँगी,फाउण्डेशनका मिडिया संयोजक एवं गीतकार पुष्कर बराल, फाउण्डेशनका सदस्य प्रेम अधिकारी क्षेत्री मार्फत ल्याटिनो समुदायलाई (ईस्पानीस), स्वयंसेवकहरु ध्रुव कुँवर, सागर श्रेष्ठ, टेक बहादुर कार्की, दिप कट्टेल मार्फत गिरिजाप्रसाद कोईराला फाउण्डेसन अमेरिकाले निःशुल्क खाद्यान्न वितरण गरेको थियो ।
निःशुल्क खाद्यान्न वितरण कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवं समुदाय सम्बन्ध निर्देशक छिरीङ्ग राप्के लामा, नेपाली अमेरिकन कलाकार संघकि कोषाध्यक्ष एंव वरिष्ठ लोक गायिका संगिता थापा लगायत खटिएका थिए ।