थप १०४४ जनामा कोरोना संक्रमण, १२७१ डिस्चार्ज

बुटवल,२६ मंसिर ।
नेपालमा शुक्रबार थप १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७१ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् भने ११ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म दुई लाख ३२ हजार ८ सय ७२ जना निको भएर घर फर्किसकेका छन् ।
हालसम्म नेपालमा १ हजार ६ सय ७४ जना संक्रमितको मृत्यु भएको छ ।
देशभर हाल १२ हजार १ सय ४८ संक्रिय संक्रमित रहेका छन् ।

You might also like