रुपन्देहीमा राजावादीहरुको प्रदर्शन,हिन्दु राष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग

बुटवल,२६ मंसिर ।
राज संस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले शुक्रबार रुपन्देहीमा पनि प्रदर्शन गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित भलवारीबाट सुरु भएको मोटरसाइकल र्याली भैरहवाको बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
हजारौं राजावादीहरुको सहभागिता रहेको प्रदर्शनमा गणतन्त्र र संघीयताको खारेजी र संबैधानीक राजतन्त्र तथा हिन्दु राष्ट्र पुनस्र्थापना गर लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक बिपिन मल्लीक, नारायण अर्याल लगायतले बोल्दै विदेशी शक्तिको आडमा दलहरुले मुलुकलाई धर्म निरपेक्षता र राजसंस्थालाई पाखा लगाएको बताउदै राष्ट्रिय एकता र मुलुकको राष्ट्रियताका लागि राजसंस्था पुनस्र्थापना गर्नुपर्ने बताउनु भयो ।

You might also like