नवलपरासीमा ३ लाख ८५ हजार रुपैयाँसहित कौडा खेलिरहेका पाँच जना पक्राउ

नवलपरासी,२७ मंसिर ।
कौडा खेलिरहेको अवस्था नवलपरासी पूर्वमा ३ लाख ८५ हजार २२५ रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपरासी पूर्वको देवचुली–१ का सुवासचन्द्र ओझा, चितवन भरतपुर महानगरपालिका–२ का सन्दीप गुरुङ, वडा नम्बर–११ का किरण श्रेष्ठ, सोही ठाउँका दूर्गामान गुरुङ र लमजुङ सुन्दरबजारका दिनेश जोशी रहेका छन् ।

उनीहरुलाई नवलपुरको देवचुली नगरपालिका वडा नम्बर–१ मा रहेको मेघापार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक मधुसुदन सिंहले बताउनु भयो ।

You might also like