पछिल्लो २४ घण्टामा विश्वमा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु

काठमाडौं,२७ मंसिर ।
पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार १ सय ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

एकैदिन यति धेरै कोरोना संक्रमितको मृत्यु भएको यो अहिलेसम्मकै पहिलो पटक भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वमा हालसम्म १५ लाख ७६ हजार ५ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ९२ हजार १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ६ करोड ९१ लाख ४३ हजार १७ पुगेको छ ।

You might also like