कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

काठमाडौं,२७ मंसिर ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । सिटौलाले सामाजिक सन्जालमार्फत् आफू संक्रमित भएको जानकारी दिनु भएको हो ।

उहाँले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध गर्नु भएको छ ।

‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको कोभिड–१९ को पीसीआर परीक्षणबाट मलाई पोजेटिभ देखिएकोले केही दिनयता मेरो नजिकको सम्पर्कमा रहनु भएका सबैले आवश्यकता अनुसार परीक्षण गर्नुहुन र सावधानी अपनाउनु हुन अनुरोध गर्दछु ।’सिटौलाले सामाजिक सञ्जालमा लेख्नु भएको छ ।

शुक्रबार स्वाब परीक्षण गराउनु भएका उहाँको शनिबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।

कांग्रेस महामन्त्री सिटौलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिनु भएको छ । उनी हाल होम आइसोलेसनमै छन् ।

संक्रमण पुष्टि भएका कारण हाँनी आज बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकमा जानु भएन ।

आकस्मिक बैठकले प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

You might also like