थप ८ सय ९९ जनामा कोरोना संक्रमण, १ हजार ३५९ डिस्चार्ज

काठमाडौं,२७ मंसिर ।
नेपालमा शनिबार थप ८ सय ९९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार २ सय ४२ नमुना परीक्षण गर्दा ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५९ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन भने थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा कुल निको हुने कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर ११ हजार ६ सय ७३ सक्रिय संक्रमित रहेका छन् ।

You might also like