बाँकेमा एकजना सरकारी अधिकारी सहित २ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज,२७ मंसिर ।
बाँकेमा उपचाररत एकजना सरकारी अधिकारी सहित २ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोरोना भाइरस संक्रमित नेपालगन्ज उपमहानगरपालिकामा शिक्षा शाखा अधिकृतका रुपमा कार्यरत दानबहादुर विष्ट रहेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–४ का ५० वर्षीय विष्टको उचपारका क्रममा भेरी अस्पतालमा आइतवार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

२६ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिष्टको आइतबार बिहान ३ः३० बजे निधन भएको अस्पतालले जनाएको छ । कडा खाले कोभिडका कारण उहाँको निधन भएको अस्पतालले जनाएको छ ।

त्यसैगरि, २७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका डोटी सिलगढी ५ का ४९ वर्षीय थप १ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

उपचारका क्रममा शनिबार राती ७ः४५ बजे उनको मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिनु भयो ।

यससँगै जिल्ला बाहिरबाट बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमित मृतकको संख्या ६८ पुगेको छ ।

बाँके जिल्लाका मात्रै ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

You might also like