थप ८३० जनामा कोरोना संक्रमण, १५०० जना डिस्चार्ज
बुटवल,२८ मंसिर ।
नेपालमा आइतबार थप ८ सय ३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २८ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार १ सय ८१ नमुना परीक्षण ८ सय ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म २ लाख ३५ हजार ७ सय ३१ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । हाल देशभर १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो समय पीसीआर परिक्षण निकै कम हुदै आएको छ ।
दैनिक २० हजारको हाराहारीमा हुदै आएको परिक्षण अहिले आएर ५ हजारमा झरेको छ ।
परिक्षण कम भएसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पनि कम हुदै गएको छ ।