मिस्टर एण्ड मिस वर्ल्ड वाइडका विजेता सार्वजनिक

बुटवल,२८ मंसिर ।
पि प्रोडक्सनद्धारा आयोजित मिस्टर एण्ड मिस वर्ल्ड वाइडका विजेता बुटवलमा सार्वजनिक गरिएको छ ।

बुटवलमा सम्पन्न मिष्टर ÷मिस वर्ल्ड वाइड नेपाल, मिष्टर÷मिस वर्ल्ड वाइड नेपाल टिन, मिस वर्ल्ड वाइड इन्टरनेशनल नेपाल, मिस वर्ल्ड वाईड नेपाल प्रि–टिन, मिस वर्ल्ड वाइड नेपाल लिटिलका विजेताहरुलाई आइतबार सार्वजनिक गरेको हो ।

प्रतियोगिताका उत्कृष्टहरु भ्यूअर्स च्वाइस, मिष्टररमिस अर्गनाइजर च्वाईस, मिस व्यूटी विथ पर्पोज, मिस च्वाइस पपुलरहरुलाई पनि सार्वजनिक गरिएको छ ।

प्रतियोगिता सम्पन्न भएपनि कोरोनाका कारण विजेता तथा उत्कृष्टहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विजेताहरुलाई उपाधिसहित विभिन्न गिफ्टहयाम्पर प्रदान गरिएको पि प्रोडक्शनका निर्देशक आनन्द भुर्तेलले बताए। प्रतियोगितामा मिष्टर वर्ल्ड वाईड नेपाल( २०२० को उपाधि बरुण भुसालले जितेका छन् । यस्तै मिस वर्ल्ड वाइड नेपाल ( २०२०को उपाधि रोशिनी खप्तरी, मिस वर्ल्ड वाइड ईन्टरनेशनल नेपाल( २०२० को उपाधि सन्ध्या श्रेष्ठले जित्नु भएको छ ।

त्यसैगरि मिष्टर वर्ल्ड वाइड नेपाल टिनको उपाधि निखिल योगी, मिस वर्ल्ड वाईड नेपाल टीनको उपाधि सपना क्षेत्री, मिस वर्ल्ड वाईड नेपाल प्रि–टिनको उपाधि आयूषा कालिराज, मिस वर्ल्ड वाइड नेपाल लिटिलको उपाधि आयूषा पौडेल, मिष्टर भ्यूअर्स च्वाइसको उपाधि सक्षम सापकोटा, मिस भ्यूअर्स च्वाइसको उपाधि अमिसा थापाले हात पार्नु भयो ।

यस्तै मिष्टर अर्गनाईजर च्वाइसको उपाधि रमेश कार्की, मिस अर्गनाइजर च्वाईसको उपाधि अप्सरा विश्वकर्मा, मिस व्यूटी विथ पर्पोजको उपाधि मिना ज्ञवाली र मिस पपुलर च्वाइसको उपाधि अस्मिता खत्रीले प्राप्त गर्नु भयो ।

सो अवसरमा बोल्दै मिष्टर वर्ल्ड वाईड नेपाल–२०२० को विजेता बरुण भुसालले प्रतियोगिताबाट आफूले धेरै कुराहरु सिकेको बताउँदै आगामी दिनमा अन्य प्रतियोगिताहरुमा पनि निरन्तरता दिने बताउनु भयो । त्यस्तै मिस वर्ल्ड वाइड नेपाल– २०२० की विजेता रोशनी खप्तरीले प्रतियोगिताले आतमविश्वास बढेको प्रतिक्रिया दिनु भयो ।

प्रतियोगिताको निर्णायकहरुमा निश्चल खड्का, सुजित बस्याल, नवराज देउवा, गीता खरेल रहनु भएको थियो ।

विजेताहरुलाई उपाधिसहित गिफ्ट ह्याम्पर प्रदान गरिएको प्रतियोगिताका कोरियोग्राफर प्रशान्त शाहले जानकारी गराउनु भयो ।

प्रतियोगिताको निर्देशन पि प्रोडक्शनका प्रबन्ध निर्देशक भुर्तेलले गर्नु भएको थियो । कोरोना महामामारीमा गत कार्तिकमा भर्चुअल तथा प्रत्यक्ष सहभागितामा सम्पन्न कार्यक्रममा ५ लाख खर्च भएको कोरियोग्राफर शाहले बताउनु भयो ।

You might also like