कांग्रेसद्धारा देशव्यापी प्रर्दशनको तयारी

रुपन्देहीमा सुरेन्द्र पाण्डे र भरत शाहले सम्बोधन गर्ने
बुटवल,२८ मंसिर ।
बर्तमान सरकारको सर्वसत्तावादका बिरुद्ध नेपाली कांग्रेसले सोमबारका लागि आयोजना गरेको देशव्यापी प्रदर्शनको तयारी पुरा भएको सो पार्टीले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुशार मंसिर २९ गते हुने प्रर्दशनको रुपन्देहीमा पनि तयारी पुरा भएको नेपाली रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको सदरमुकाम भैरहवामा हुने प्रर्दशनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला सभापती अब्दुल रज्जाकले जानकारी दिनु भयो ।

भैरहवाका विभिन्न स्थानको परिक्रमा पछि सभामा परिणत हुने प्रर्दशनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोध सभालाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती तथा नेपाली कांग्रेसका नेता भरत शाहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रिय नेताहरु आइृतबार नै रुपन्देही आईपुगेको सभापती रज्जाकले जानकारी बताउनु भयो ।

विहान ११ बजेबाट शुरु हुने कार्यक्रममा नेपाली कांग्रेसका १६ वटै स्थानिय तहवाट विरोध जुलुस सहित कार्यकर्ताहरु भैरहवामा आउने बताईएको छ ।

वर्तमान सरकारले गरेको भ्रष्टाचार, अधिनायकवाद र जनताको भावनाविपरितका कामको भण्डाफोर गर्दै कांग्रेसले प्रर्दशन गर्न लागेको हो ।

अनिवार्य मास्क प्रयोग गरेर विरोध प्रर्दशनमा सहभागि हुन कांग्रेस रुपन्देहीले कार्यकर्ताहरुलाई सर्कुलर गरेको छ ।

वर्तमान सरकारका विरद्धमा राजावादीहरुले समेत प्रर्दशन गरिरहेकमा वेला नेपाली कांग्रेसको प्रर्दशनलाई पनि विशेष महत्वका साथमा हेरिएको छ । साथै प्रर्दशनको पुर्वसन्ध्यामा आइृतवार नेपाल विद्यार्थीसंघले विरोध प्रर्दशनको आयोजना गरेको छ ।

You might also like