लुम्बिनी प्रदेशमा थप ६० जनामा कोरोना संक्रमण,६६ जना डिस्चार्ज

बुटवल,२८ मंसिर ।
लुम्बिनी प्रदेशमा आइतबार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा ३३ पुरुष र २७ महिला गरी ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २४ हजार ९ सय ५४ पुगेको छ ।

लुम्बिनी प्रदेशमा आइतबार सबैभन्दा धेरै रुपन्देही जिल्लाका ३१ जना,पाल्पा र दाङका ८÷८ जना,अर्घाखाँचीका ६ जना,बाँकेका ५ जना र गुल्मीका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकार डा.विश्वराज पौडेलले जानकारी दिनु भयो ।
पछिल्लो २४ घण्टामा प्रदेशका थप ६६ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

प्रदेशमा हालसम्म २२ हजार ८ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै प्रदेशमा हालसम्म ३ सय २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशभर हाल १ हजार ७ सय ३० जना कोरोना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

You might also like