दाङमा गुडिरहेको बसमा आगलागि
तुलसीपुर,२९ मंसिर ।
दाङको बखरियामा गुडिरहेको वसमा अचानक आगलागि भएको छ ।
तुलसीपुरबाट सोमबार बिहान साढे ५ बजे नेपालगञ्जका लागि छुटेको रा १ ख २३७४ नम्वरको बसमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बखरियामा साढे ६ बजेतिर अचानक आगो लागेर बस ध्वस्त भएको हो ।
बसका चालक पतिराम चौधरीले गुडिरहेको बसमा एकाएक आगो लागेको जानकारी दिनु भयो ।
चालक चौधरीका अनुसार बसमा १३ जना यात्रु सवार थिए । बसको ब्याट्रीको तारमा विद्युत सर्ट भएर आगो लागेको चालक चौधरीले बताउनु भयो ।
सुरुमा अगाडिको भागमा आगो देखिएपछि राकेर त्यो निभाउन खोजे पनि आगो निभाउन नसकिएको चौधरीको भनाई छ ।
केही दिन पहिले पनि काठमाडौंबाट दाङ तर्फ आइरहेको बस कपिलबस्तुमा यसैगरी आगो लागेर ध्वस्त भएको थियो ।