हाइसको ठक्करबाट बुटवलमा मोटरसाइकल चालकको मृत्यु

बुटवल,२९ मंसिर ।
हाइसको ठक्करबाट बुटवलमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल–३ गोलपार्क वस्ने वर्ष ३२ का मनोज मगर रहेका छन् ।

पुर्व बाट पश्चिम तर्फ गइरहेको लु ३३ प ३९३९ नं को मोटरसाइकल लाई सोहि दिशा तर्फ गइरहेको लु २ ख ४०५६ नं को हाइस ले आइतबार राती पौने ९ बजेतिर ठक्कर दिदा गम्भीर घाइते भएका उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा गयराती १ बजे मृत्यु भएको हो ।

मोटरसाइकल,हाइस र हाइस चालक वडा प्रहरी कार्यालय रामनगर बुटवलको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

You might also like