३४ गोरु सहित कपिलवस्तुबाट ६ जना पक्राउ

कपिलवस्तु २९ मंसिर ।
सशस्त्र प्रहरीले कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगरबाट ३४ थान गोरु सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

भारतबाट डोराउँदै नेपाल ल्याएर बा ५ ख १३४१ नम्बरको ट्रकमा लोड गरी सर्लाही तर्फ लैजान लागेको अवस्थामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका २ नन्दनगरबाट आज बिहान सवा ११ बजे गोरु सहित ६ जनालाई पक्राउ गरेको ससस्त्र प्रहरी वल बि.ओ.पि. हतिहवाले जनाएको छ ।

ट्रक चालक सहित ६ जना व्यक्तीलाई नियन्त्रणमा लिई बरामद गरिएका गोरु र ट्रक सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।

पक्राउ गरेका गोरुको अनुमानित मुल्य १६ लाख ७० हजार रहेको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले जानकारी दिनु भयो ।

मंसिर २४ गते पनि कपिलवस्तुमा इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले बुद्धभुमी ५ सुखलीनालाबाट ना ७ ख ३४० नम्बरको ट्रकमा १२ गोरु र १८ गाई बरामद गरेको थियो ।

You might also like