थप ८२१ जनामा कोरोना संक्रमण, ८४२ डिस्चार्ज
काठमाडौं,२९ मंसिर ।
नेपालमा सोमबार थप ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ४ सय २३ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ४ महिला र ३ सय १७ पुरुष गरी ८ सय २१ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ४२ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
नेपालमा हालसम्म २ लाख ३६ हजार ५ सय ७३ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
पछिल्लो २४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि आइतबार ९ जना संक्रमितको मृत्यु भएको थियो ।
हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।
देशभर हाल ४ सय ७१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।