लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिद्धारा मागेका फाइल उपलब्ध नगराउने र बैठक छल्ने प्रबत्ति त्याग्न मन्त्रालयका सचिबलाई चेतावनी

बुटवल,३० मंसिर
लुम्बिनी प्रदेश सभा सार्वजनिक लेखा समितिले समितिको महत्व र गरिमालाई नजरअन्दाज नगर्न मन्त्रालयका सचिबहरुलाई सचेत गराएको छ ।
महालेखा परीक्षकको कार्यालयले औल्याएको बेरुजुको सम्बन्धमा छलफल गर्न प्रदेश मन्त्रालयका सचिबहरु सहित मंगलबार बसेको बैठकमा समितिका सभापति डिल्लीबहादुर चौधरीले केही मन्त्रालयहरुले समितिले मागेका फाइल समयमा उपलब्ध नगराउने र बिभिन्न बहानामा समितिको बैठक छल्ने प्रबत्ति देखाएको भन्दै आगामी दिनमा त्यस्तो कोर्य नदोहोराउन सचिबहरुलाई सचेत गराउनु भएको हो ।
जुन मन्त्रालयमा सबैभन्दा धेरै वजेट छ,जुन मन्त्रालयमा अनियमितता भएको गुनासो छ सोही मन्त्रालयहरुलेनै समितिले मागेका फाइल उपलब्ध नगराउने र छलफलका लागि बोलाउदा बिभिन्न बहाना बनाएर समितिको बैठक छल्ने गरेको भन्दै सभापति चौधरीले त्यस्तो प्रबृत्ति त्याग्न सचिबहरुलाई सचेत गराउनु भयो ।
समितिको आफ्नै महत्व र गरिमा रहेको भन्दै उहाँले आगामि दिनमा पनि त्यस्ता गतिबिधि दोहोरिए समितिले अर्कै रुपमा सोच्न बाध्य हुने चेतावनी दिनु भयो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब सुशिलचन्द्र तिवारी बैठक सुरु भएको २ घण्टापछि उपस्थित हुनु भएको थियो भने भूमि व्यवस्था,कृषी तथा सहकारी मन्त्रालयका सचिव रेवतीरमण पौडेल उपस्थितनै हुनु भएको थिएन ।
सबैभन्दा धेरै वजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिब सुशिलचन्द्र तिवारी र सबैभन्दा धेरै अनियमितता भएको चर्चा हुदै आएको भूमि व्यवस्था,कृषी तथा सहकारी मन्त्रालयका सचिब रेवतीरमण पौडेल बैठकमा अनुपस्थित भएपछि समितिका सभापति चौधरी सहित सदस्यहरुले असन्तुष्टि जनाउनु भएको थियो ।

You might also like