थप ७३६ जनामा कोरोना संक्रमण, ८४७ जना डिस्चार्ज

काठमाडौँ,१ पुस ।
नेपालमा बुधबार थप ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ५ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९१ महिला र ४ सय ४५ पुरुष गरी ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ३९ हजार ४ सय १६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ९ हजार ७ सय ५७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ४ सय ५२ क्वारेन्टाइनमा रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म१ हजार ७ सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

You might also like