लुम्बिनी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण, १४९ जना डिस्चार्ज
बुटवल,१ पुस ।
लुम्बिनी प्रदेशमा बुधबार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परिक्षणमा २२ पुरुष र १६ महिला गरी ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार १ सय ६६ पुगेको छ ।
लुम्बिनी प्रदेशमा बुधबार रुपन्देही र बाँके जिल्लाका १२÷१२ जना,पाल्पा र बर्दीयाका ५÷५ जना,अर्घाखाँचीका २ जना तथा दाङ र प्यूठानका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकार डा.विश्वराज पौडेलले जानकारी दिनु भयो ।
पछिल्लो २४ घण्टामा प्रदेशका थप १ सय ४९ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।
प्रदेशमा हालसम्म २३ हजार ७६ जना कोरोना संक्रमित निको भएर घर फर्कीएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै प्रदेशमा हालसम्म ३ सय ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशभर हाल १ हजार ८ सय जना कोरोना संक्रमित उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।