रुपन्देहीको तिलोत्तमा चोरीको गोदाममा प्रहरीको छापा पौने १० लाखका सामान वरामद
बुटवल २ पौष
रुपन्देही प्रहरीले चोरी पैठारी गरेर गोदाम गरेको घरमा छापा मारी पौने १० लाख वरावरका बिभिन्न किसिमका कपडाहरू वरामद गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ शान्तिनगर स्थित दिनानाथ खनालको घर भाडामा लिई चोरीका सामान गोदाम गदै विशेष सुचनाका आधारमा प्रहरीले छापा मारी उक्त परिणामको सामान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घर भाडामा लिएको रहमत खान भन्ने ब्यक्ति फरार भएको र प्रहरीले गोदाम घरवाट कुर्ता सुरवाल सेट ५७० थान १लाख ,७१हजार काचो कपडा (१२ मिटर दर) ७८ हजार ,उलन टपस् ४४० थान १लाख,७६ हजार ,पातलो टपस् ३७० थान३७ हजार,उलन कुर्ता सुरवाल सेट ९१ थान ५४हजार ६ सयको वरामद गरेको जनाएको छ । त्यस्तैकुर्ता सुरवाल बाक्लो४६४ थान२ लाख ३२ हजार ,बोटिस ५६० थान १६हजार,८सय र लाहा१० बोरा २लाख,१० हजार गरि कुल ९,लाख ७५ हजार४सय रुपैयाको सामान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले बताउनु भयो ।
त्यस्तै रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १ स्थितमा ९ वटा पाडा १ वटा भैसी बरामद गरेको छ ।
करीव तिन लाख बराबरको भैसी पाडाहरू अवैध रूपमा चोरी निकासी गर्दै गर्दा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिई अन्य आवश्यक कारबाहिको लागी भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहिया रूपन्देही पठाईएको जनाएको छ ।