प्रथम प्रचण्ड थैव स्मृति फुटबलमा झरना फाईनलमा

बुटवल, २ पौष
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ मा झरना स्पोर्टिङ क्लब कुन्जलापुर विजयी हुदै फाईनल प्रवेश गरेको छ । विहिबार भएको पहिलो सेमीफाईनल खेलमा शिवनगर युवा क्लब, दिपनगरलाई ट्राईबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा झरनाका लागि अजय थापाले ८ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता लिएका थिए तर शिवनगरका सुनिल श्रेष्ठले खेलको १५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित समयको खेल बराबरी भएपछि ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा शिवनगरका सुभाष महतो र सुमन बेल्बासेले बल बाहिर प्रहार गरे । खेलमा शिवनगरका किशोर राना म्यान अफ दि म्याचबाट पुरस्कृत भए । शुक्रबार दोस्रो सेमीफाईनलमा आयोजक सौभाग्य युवा क्लब र सिद्धार्थ युवा क्लब, चपरहट्टि बिचमा खेल हुने खेल संयोजक चक्र खड्काले बताए । यसैबिच स्वर्गिय प्रचण्ड थैव अक्षयकोष निमार्णको लागि खेलप्रेमी भुपेन्द्र क्षेत्री (हरि) ले ५० हजार रुपैयाको घोषणा गरेका छन ।

You might also like