अध्यादेश बिरुद्धको रिटमा आज सुनुवाई नहुने, सभामुख सापकोटाविरुद्धको मुद्धा पनि हेर्न नभ्याइनेमा

काठमाडौं,३ पुस ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेशको विरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा शुक्रबार सुनुवाई नहुने भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिट शुक्रबार संवैधानिक इजलासमा पेशी तोकिए पनि सुनुवाई नहुने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई हुने तय भएका ती दुबै रिट शुक्रबार हेर्न नभ्याइने उल्लेख गरिएको छ ।

संवैधानिक परिषदको बैठकमा अध्यक्षसहित हाल कायम रहेका बहुमत सदस्यको सहभागितामा बैठक बस्न सक्ने गरी सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि त्यसविरुद्ध कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिरिषद कार्यालय, राष्ट्रपति कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।

यसैबीच सभामुख अग्नि सापकोटाविरुद्धको मुद्धामा पनि शुक्रबार सुनुवाई भएन ।
प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएकोमा शुक्रबार उक्त मुद्धा हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चको वेवसाइटमा जनाइएको छ ।

यसअघि २०७६ फागुन ३० मा सो मुद्दा पेसीमा चढाइए पनि हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

You might also like