थप ७८२ जनामा कोरोना संक्रमण, १०२९ जना डिस्चार्ज

काठमाडौँ,३ पुस ।
नेपालमा शुक्रबार थप ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६ पीसीआर परीक्षण गर्दा ३ सय ५ महिला र ४ सय ७७ जना पुरुष गरी ७ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रिमतको संख्या २ लाख ५२ हजार ४ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार २९ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

यससँगै नेपालमा हालसम्म २ लाख ४१ हजार ३ सय ९२ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको छ ।
हालसम्म देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १७ रहेको छ भने ४ सय २७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like