नेपाल जेसिजको अध्यक्षमा अरूणेश्वर खनाल बिजयी

बुटवल,४ पुस ।

नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल बिजयी भएका छन् । उनी बीसहजार जेसिजका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए ।

पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमा भएको ४७ औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

खनालले १०९० ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दि लालमणी भण्डारीले ५१२ मत ल्याए ।

कार्यकारिणी उपाध्यक्षमा सुमन कृष्ण श्रेष्ठ,भोजराज चापागाइ,अरूणकुमार दाहाल,शिबप्रसाद भुसाल निर्वाचित भए । त्यस्तैगरी राष्ट्रिय उपाध्यक्षमा रजनी थापा,बिमल ज्ञवाली, कल्पना पाण्डे कुशुम, राजन गौतम, पायल शर्मा, सुजन बरुवाल, गौतम शाह , सुनिल तिमिल्सिना, बिमला सुबेदी, प्रमिशा काफ्ले, दीपेन्द्र निरौला र अनोज जोशी छन् ।
महासचिवमा विकास मानन्धर,कोषाध्यक्षमा पबिन्द्र भट्टराई र कानुनी सल्लाहकार गोकुल सापकोटा मनोनित भएका छन् । ती पदमा अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ ।

महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएको हो ।

वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना,कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

नेपाल जेसिज वर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल बीसहजार जेसिज, विकास मानन्धर काभ्रे जेसिज, रविन पोखरेल नुवाकोट जेसिज, श्यामसुन्दर पौडेल विराटनगर जेसिज, लालमणि भण्डारी त्रिभुवन नगर जेसिज, शोभा खरेल हेटौंडा लेडी र गोकुल सापकोटा मैदानमा थिए ।

एक हजार सात सय जना मतदाता रहेको जेसिज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरूको सहभागिता रहेको थियो ।

महाधिवेशनशनको नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले भैरहवामा उद्घाटन गरेका थिए ।

You might also like