गरिब देशहरुले पनि छिट्टै खोप पाउँछन् ः डब्ल्यूएचओ

काठमाण्डौ,४ पुस ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गरिब देशहरुले पनि छिट्टै कोरोना भाइरस विरुद्धको खोप पाउने जनाएको छ ।

नयाँ वर्ष सन् २०२१ को सुरुदेखि नै कोरोना विरुद्धको खोप पठाउन थालिने डब्ल्यूएचओको दाबी छ । सबै देशले कोरोना विरुद्धको खोप किनेर लैजान सक्दैनन्, ती देशहरुमा पनि सन् २०२१ को सुरुदेखि नै खोप पठाइने संगठनले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

महामारीका बेला पनि गरिब देशलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेभ्रिएससले बताउनुभयो । डब्ल्यूएचओ र साझेदार संस्थाहरुले कोभ्याक्सलगायतका खोप छिट्टै उपलब्ध हुनसक्ने बताएका हुन् ।

सबैलाई पुग्नेगरी खोप बनाउने तयारी भइरहेको पनि उनीहरुले जानकारी दिएका छन् । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीको भनाइ छ ।

You might also like