थप ७१० जनामा कोरोना संक्रमण, १ हजार १७५ जना डिस्चार्ज

बुटवल,४ पुस ।
नेपालमा शनिबार थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने १ हजार ७७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७५ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

नेपालमा हालसम्म २ लाख ४२ हजार ५ सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्कीएका छन् ।

शनिबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर ८ हजार ८ सय ४० संक्रिय संक्रमित रहेका छन् ।

देशभर हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

You might also like