सर्वोच्च बारमा लोकतान्त्रिक समूहका वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाण्डौ, ५ पुस ।
सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औं नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा लोकतान्त्रिक समूहका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी हुनुभएको छ ।

उहाँले २९५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गर्नुभयो ।

वरिष्ठ अधिवक्ता शाक्य वृहत् लोकतान्त्रिक समावेशी मधेशी, आदिवासी, जनजाति पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गर्नुभएको थियो भने वरिष्ठ अधिवक्ता खनालले प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व गर्नुभएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी हुनुभएको छ ।

महिला सदस्यमा अमिता गौतम पौडेल, सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी हुनुभएको छ ।

You might also like