मन्त्रिपरिषदद्धारा संसद् विघटन गर्न सिफारिस,संसद बिघटन गर्ने प्रधानमन्त्रि ओलीको कदमको चौतर्फी बिरोध
काठमाडौँ,५ पुस ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ ।
बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
संसद बिघटन गर्ने मन्त्रिपरिषद्को सिफारिस मन्त्रानमन्त्रि ओलीले राष्ट्रपति कार्यालय सितल निवासमा बुझाइसक्नु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको थियो ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनाबपूर्ण बनेको छ ।
संसद बिघटन गर्ने प्रधानमन्त्रि ओलीको कदमको चौतर्फी बिरोध भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका बिपक्षी दल सहित सत्तारुढ दल नेकपाकै नेताहरुले समेत प्रधानमन्त्रि ओलीको कदमको खुलेरै बिरोध गरेका छन् ।